अजोड इन्स्योरेन्सको विशेष साधारण सभा मंसिर ९ गते, यस्तो छ एजेण्डा

काठमाडौं । अजोड इन्स्योरेन्सले आगामी मंसिर ९ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक २० गते बसेको संचालक समितिको बैठकलेसभा लैनचोर बैङ्क्वेट, काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले हाल कायम शेयर संरचनालाई परिवर्तन गर्ने स्वीकृति दिने प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ । हाल सर्वसाधारणमा ३० प्रतिशत र संस्थापक शेयरधनीको ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । उक्त शेयर संरचना परिवर्तन गरेर सर्वसाधारणको ४९ प्रतिशत र संस्थापक समूहको ५१ प्रतिशत शेयर स्वामित्व बनाइने बताइएको छ ।
प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको यस कम्पनीले दायित्व मूल्यांकन कार्य (डीडीए) गर्न प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।