अजोड इन्स्योरेन्सको विशेष साधारण सभा शुक्रबार, शेयर संरचनालाई परिवर्तन पारित मुख्य एजेण्डा « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

अजोड इन्स्योरेन्सको विशेष साधारण सभा शुक्रबार, शेयर संरचनालाई परिवर्तन पारित मुख्य एजेण्डा



काठमाडौं । अजोड इन्स्योरेन्सले आगामी विशेष साधारण सभा भोलि अर्थात मंसिर ९ गते बस्दैछ । सभा लैनचोर बैङ्क्वेट, काठमाडौंमा विहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभाले हाल कायम शेयर संरचनालाई परिवर्तन गर्ने स्वीकृति दिने प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ । हाल सर्वसाधारणमा ३० प्रतिशत र संस्थापक शेयरधनीको ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । उक्त शेयर संरचना परिवर्तन गरेर सर्वसाधारणको ४९ प्रतिशत र संस्थापक समूहको ५१ प्रतिशत शेयर स्वामित्व बनाइने बताइएको छ ।

प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको यस कम्पनीले दायित्व मूल्यांकन कार्य (डीडीए) गर्न प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्