अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, यी प्रस्ताव भए पारित
काठमाडौं । अजोड इन्स्योरेन्सले आगामी विशेष साधारण सभा लैनचोर बैङ्क्वेट, काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले हाल कायम शेयर संरचनालाई परिवर्तन गर्ने स्वीकृति दिने प्रस्ताव पारित गरेको छ । हाल सर्वसाधारणमा ३० प्रतिशत र संस्थापक शेयरधनीको ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । उक्त शेयर संरचना परिवर्तन गरेर सर्वसाधारणको ४९ प्रतिशत र संस्थापक समूहको ५१ प्रतिशत शेयर स्वामित्व बनाइने प्रस्ताव पारित गरेको छ ।
प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको यस कम्पनीले दायित्व मूल्यांकन कार्य (डीडीए) गर्न प्रस्ताव समेत सभाको पारित गरेको हो ।















