प्रभु इन्स्योरेन्सको संचालकमा महेश खनाल नियुक्त
काठमाडौं । प्रभु इन्स्योरेन्सले संचालकमा महेश प्रसाद खनाललाई नियुक्त गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले संचालक चयन गरेको हो ।
कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी कर्मचारी संञ्चय कोषको तर्फबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्दै आउनु भएकोमा कोषको कात्तिक २८ गते पत्रद्धारा कोषको तर्फबाट प्रतिनिधित्व गर्नुहुने संचालक परिवर्तन गरी खनाललाई पठाइएकोमा संचचालक समितिले संचालक चयन गरेको हो ।














