१३५ जना अभिकर्ताहरुको सहभागितामा नेशनल लाईफको प्रशिक्षण कार्यक्रम सम्पन्न « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

१३५ जना अभिकर्ताहरुको सहभागितामा नेशनल लाईफको प्रशिक्षण कार्यक्रम सम्पन्न



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख अथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आवद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यालयहरुमा आबद्ध भै बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई अभिकर्ता पेशामा व्यवसायिक बनाउदै उनीहरुको जीवनस्तरमा सकरात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रबद्र्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए साथै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा ऐन २०७९ का आधारभुत विषयबस्तुको बारेमा पनि संक्षिप्तरुपमा प्रकाश पारेका थिए ।

कम्पनीका मार्केटिङ्ग विभाग प्रमुख विबेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उत्कृष्ट व्यवसाय गरि अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान पत्रबाट सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले कम्पनीले तयार गरेको बार्षिक तथा मासिक स्किमहरुको बारेमा जानकारी गराएका थिए भने कम्पनीको अछाम शाखा दिपक खड्काले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्