थप दुई कम्पनीले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

थप दुई कम्पनीले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट लाभांश घोषणा गरी रहेका छन् ।आइतबार मात्र २ कम्पनीले लाभांश घोषण गरेका छन् ।

एनएलजी इन्स्योरेन्स
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३१५८ प्रतिशत नगद लाभांश प्रयोजनका लागि गरी कुल १०. ५२६३१५८ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पश्चात कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो ।
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेलभपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले १०औं वार्षिक साधारण सभा पुष २० गतेका लागि बोलाएको छ ।

कम्पनीले लाभांश प्रयोजनका लागि पुष ४ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष ३ गते सम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्