युनाइटेड इन्स्योरेन्स र मितेरी डेभलपमेन्टको साधारण सभा आज, के के छन् एजेण्डा « Arthapath.com
२७ पुष २०७९, बुधबार

युनाइटेड इन्स्योरेन्स र मितेरी डेभलपमेन्टको साधारण सभा आज, के के छन् एजेण्डा



काठमाडौं । दुई कम्पनीको साधारण सभा आज (पुष २७ गते) बस्दैंछ । एक बैंक र एक इन्स्योरेन्स कम्पनीको साधारण सभा आज बस्दैं छ ।

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १७औ। वार्षिक साधारण सभा सुनसरी उद्योग वाणिज्य संघ धरान १ सुनसरीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२।३५ प्रतिशत बोनस र ०।६५ प्रतिशत दिने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले संस्थापक शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने समेत सभाको कार्य सूची रहेको छ ।

बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरि कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्ने छ ।

बैंकले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि कम्पनीले पुष १४ गते देखि पुष २७ गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ पुष १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २९औं वार्षिक साधारा सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस र ०।२६ प्रतिशत नगद गरी कूल ५ दशमलव २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने कार्य सूची समेत रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १७ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ पुष १४ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्