बीमा प्राधिकरणले वाणिज्य तथा विकास बैंकको मुद्दति निक्षेपमा लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आव्हान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक र विकास बैंकमा लगानी गर्ने भएको छ । प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
प्राधिकरणले प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी नीतिअनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको जनाएको छ । यद्यपि, के कति रकम लगानी गर्ने भन्ने खुलाएको छैन ।
इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरि शिलवन्धी दरभाउ पत्र पेश गर्न प्राधिकरणले आव्हान गरेको छ । सिलवन्धी दरभाउपत्र ७ दिनभित्र पेश गर्नुपर्नेछ ।
सिलवन्धी दरभाउपत्रमा बैंकहरुले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा/नोक्सान, बैंकको सक्रिय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पर्याप्त पुँजी कोष लगायतका विवरणहरु उल्लेख गर्नुपर्नेछ ।