प्राइम, युनियन र गुराँस लाइफको मर्जरः हिमालयन लाइफको नामबाट एकीकृत कारोबारका लागि मिति तय ! « Arthapath.com
१३ माघ २०७९, शुक्रबार

प्राइम, युनियन र गुराँस लाइफको मर्जरः हिमालयन लाइफको नामबाट एकीकृत कारोबारका लागि मिति तय !



काठमाडौं । प्राइम लाइफ, युनियन र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् ।

यी तीनै वटा कम्पनीहरुले हिमालयन लाइफको नामबाट संयुक्त कारोबारका लागि नेपाल बीमा प्राधिकरणमा अनुमानित मिति पठाएका हुन् । यी तीनै वटा कम्पनी मर्जरमा जान अन्तिम सहमति भएसंगै एकीकृत कारोबारका लागि अनुमानित मिति तय गरेका हुन् ।

बीमा प्राधिकरणका अनुसार एकीकृत कारोबारका लागि कम्पनीहरुले माघ २९ गतेका लागि अनुमानित मिति पेश गरेका हुन् । प्राधिकरणले भन्यो,–‘समान हैसियतमा मर्जरमा जानका लागि प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सले एकीकृत कारोबारका लागि अनुमानित पठाएको छ । यी तीनै वटा कम्पनीले आउँदो माघ २९ गते संयुक्त कारोबारदेखि संयुक्त कारोबारको मिति तय गरेका छन् ।’

यी तीनै वटा कम्पनी १ः१ः१ को अनुपातमा मर्जरमा जान लागेका हुन् । गत बैशाख २९ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । तीनै कम्पनीका अध्यक्ष क्रमशः यूनियन लाइफकोतर्फबाट अध्यक्ष शुलभ अग्रवाल, गुराँस लाइफकोतर्फबाट अध्यक्ष विवेक दुगड र प्राइम लाइफकोतर्फबाट अध्यक्ष पियुषराज अर्यालले प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । प्राधिकरणबाट मर्जर स्वीकृत गत जेठ ३ गते लिएका थिए ।

मर्जपछि बन्ने नयाँ कम्पनीको संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) युनियन लाइफबाट बन्नेछन् । सहमति अनुसार नयाँ कम्पनीको सीईओमा युनियन लाइफ सीईओ मनोजलाल कर्ण र अध्यक्षमा युनियन लाइफका सुलभ अग्रवाल रहनेछन् ।

गुराँस लाइफ र प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेछन् ।

कम्पनीको तीन कम्पनी एक भएपछि चुक्ता पुँजी साढे ७ अर्ब बढी हुनेछ । हाल युनियन लाइफको चुक्ता पुँजी २ अर्ब १५ करोड, गुराँस लाइफको २ अर्ब २३ करोड र प्राइम लाइफ इन्स्योरेन्सको २ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्