युनियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम मौका

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतबार (माघ १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ १६ गते बुक क्लोज गर्ने भएको हुदाँ माघ १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफा ८।९७ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा माघ २६ गतेका लागि बोलाएको छ । सभा, टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा बिहान साढे १० बजे बस्ने गरी आव्हानल गरेको हो ।
साथै, सभाले कम्पनीको सेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहतर्फ परिवर्तन गरी संस्थापक र सर्वसाधारण सेयर अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।
सभाले गुँरास र प्राइम लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ । साथै, आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन, माथि टलफल गरी पारित गर्नुका साथै आव २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।