सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश नदिने « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश नदिने



काठमाडौं । सूर्यज्योलि लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।

कम्पनीको चैत १ गते बसेको संचालक समितिको बैठकले साविक सूर्या लाइफ तथा साविक ज्योति लाइफको वित्तीय विवरण अनुसार वितरण योग्य मुनाफा भएपनि वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त नाफा जगेडा कोषमा राख्ने निर्णय सो संचालकको बैठकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्