आजबाट सानिमा र रिलायन्स लाइफको एकीकृत कारोबार सुरु, चुक्तापुँजी ४ अर्ब माथि « Arthapath.com
९ चैत्र २०७९, बिहीबार

आजबाट सानिमा र रिलायन्स लाइफको एकीकृत कारोबार सुरु, चुक्तापुँजी ४ अर्ब माथि



काठमाडौं । आज अर्थात् चैत ९ गतेदेखि सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनी एक आपसमा मर्ज भई पुर्व निर्धारित समयअनुसार आजदेखि एकीकृत कारोबार थालनी गर्न लागेका हुन् ।

यी कम्पनीले ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’ नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । यसका लागि नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति दिइसकेको छ । साथै, गत फागुन १२ गते एकै दिन सम्पन्न दुवै कम्पनीको वार्षिक साधारण सभाले मर्जर जाने प्रस्ताव पारित गरेको थियो । त्यसपछि आजबाट यी दुई कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन् ।

यी दुई कम्पनीले गत असार २९ गते मर्जरको प्रारिम्भक सहमती गरेका थिए । त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर यी दुई कम्पनीले एकीकृत कारोबार सुरु गरेका हुन् । यी दुई कम्पनी समान हैसियत अर्थात् १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् ।

हाल सानिमा लाइफको चुक्तापुँजी २ अर्ब ८ करोड ४० लाख र रिलायन्स लाइफ २ अर्ब १० करोड रुपैयाँ रहेको छ । मर्जपछि कम्पनीको चुुक्तापुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ हुनेछ ।


यस्तै, मर्जपछिको कम्पनीको सञ्चालकमा भने दुवै कम्पनीको तर्फबाट ३÷३ जना सञ्चालक चुनिने भएका छन । हाल मर्जर कमिटीमा रहेका ६ जना नै नयाँ बन्ने कम्पनीको सञ्चालक हुने समझदारी भएको छ ।

मर्जपछि बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भने शिवनाथ पाण्डेलाई ल्याउने तयारी भएको जनाइएको छ । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश लिएका पाण्डे यसअघि सूर्या लाइफ इन्स्योरेन्सको सीईओ बनिसकेका व्छन् । उनलाई मर्जर कम्पनीको सीईओ बनाउने तयारी भएको छ ।


प्रतिक्रिया दिनुहोस्