नेशनल लाइफ इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी « Arthapath.com
११ असार २०८२, बुधबार

नेशनल लाइफ इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै राजधानीभित्र वा बाहिरमा काम गर्ने कर्मचारी मागेको हो । कम्पनीले मार्केटिङ म्यानेजर, मार्केटिङ अफिसरदेखि डेपुटी महाप्रबन्धक तथा डेपुटी सिईओसम्मका पदहरुमा आवेदन खुल्ला गरेको हो । जसका लागि शैक्षिक योग्यता बाणिज्य विषयमा स्नातकोत्तर गरेकाले गरेको हुनु पर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कम्पनीको इमेल तथा कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्