नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका « Arthapath.com
९ जेष्ठ २०८०, मंगलवार

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने (जेठ १० गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज गर्ने भएकाले १० गते सम्म कायम गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

नेशनल लाइफ इन्स्योरेन्सको ३५औँ साधारण सभा जेठ २२ गते बोलाएके छ । सभा नेश्नल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०:३० बजे आव्हान गरेको छ ।

सभामा गत आव २०७८/२०७९ को मुनाफाबाट १४.५०५ लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । जसमा ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश रहेको छ ।

साथै, सभामा गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब किताब, आयब्यय तथा नगद प्रवाह सम्बन्धी सम्पूर्ण वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ । सभामा सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्