सूर्यज्योति लाइफको अध्यक्षमा भट्टराई सर्वसम्मत चयन, को–को आए संचालकमा ? « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

सूर्यज्योति लाइफको अध्यक्षमा भट्टराई सर्वसम्मत चयन, को–को आए संचालकमा ?



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिमा ६ जना निर्वाचित भएका छन् ।

गत जेष्ठ ४ गते सम्पन्न कम्पनीको पन्ध्रौं वार्षिक साधारणसभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।

संस्थापक सेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा र विवेक झा निर्वाचित भएका छन् । यस्तै, सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा र प्रिया तायल निर्वाचित भएका हुन् । यसका साथै सोही सभिाले कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा नियुक्त भएका छन् ।

कम्पनीले जेठ ४ गते नै बसेको बैठकले अध्यक्षमा केशव प्रसाद भट्टराईलाई सर्वसम्मत चयन गरेको छ । अध्यक्ष भट्टराईले बुधवार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन् ।

उक्त सपथ ग्रहणका अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीको समेत उपस्थिती रहेको थियो ।

साविकका सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा गाभिई गत पौष ७ गते देखि सूर्यज्योति लाइफको एकिकृत कारोवार सुरु गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्