लाभांश र मर्जर प्रस्ताव पारितका लागि प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा जेठ २६ गते « Arthapath.com
१२ जेष्ठ २०८०, शुक्रबार

लाभांश र मर्जर प्रस्ताव पारितका लागि प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा जेठ २६ गते



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा जेठ २६ गतेका लागि बोलाएको छ । सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक–आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ । यी दुई कम्पनी गाभिएर ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

यसका साथै, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम १ः१ सेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्