एशियन लाइफ इन्स्योरेन्सको झण्डै २५ हजार कित्ता सेयर बिक्रीमा « Arthapath.com
१५ जेष्ठ २०८०, सोमबार

एशियन लाइफ इन्स्योरेन्सको झण्डै २५ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २४ हजार ८७१ कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ १५ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवि काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्