नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एम्सचेञ्ज ( नेप्से) मा एक कम्पनीको सेयर सूचीकृत भएको छ । बिहीबार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सूचीकृत भएको हो ।

साविक आइएमई जनरल इन्स्योरेन्स प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जर पछि एकीकृत कारोबार सुरु भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँको दरले कुल ३ करोड २ लाख ९३ हजार ३४६ कित्ता सेयर सूचीकृत भएको हो।

धितोपत्र सूचीकरण विनीयमाववली, २०७५ बमाोजिम नेप्सेमा कारोबार हुन्को लागि संलग्न सम्झौता बोजिमकम सर्तहरु पाmलना गर्ने गरी जेठ १८ गते आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । साविक आइएमई जनरल र पु्रडेन्सियल इन्स्योरेन्सबीच १ १ अनुपातमा मर्जर भएको हो ।

साथै, एकीकृत कारोबार पछि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट ‘आइजीआई’ सिम्बोलबाट सेयर सूचीकृत भएको छ । सेयर सूचीकृत पछि कम्पनीको सेयर कारोबार आइतबारदेखि खुल्नेछ ।


प्रतिक्रिया दिनुहोस्