नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको ३५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजेबाट सम्पन्न भएको हो ।

सभामा गत आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभामा गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब किताब, आयब्यय तथा नगद प्रवाह सम्बन्धी सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

नियामक निकायवाट जारी भएको लगानी निर्देशिका अनुरुप कम्पनी आफ्नो लगानी विविधिकरण गर्ने प्रक्रृयामा छ । विशेष गरी घरजग्गा ब्यवसाय र जल विद्युतमा लगानी बढाउन तर्फ कम्पनीले प्रयास गर्ने जनाएको छ । यस्तै एक सहायक लगानी कम्पनी स्थापना गर्ने तर्फ पनि आ.व.२०७९÷०८० मा प्रक्रृया अगाडि बढाएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज गरेको हुदाँ जेठ १० गतेसम्म कायम सेयरधनीहरुले कायम सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्