सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै शाखा र उपशाखाका लागि कर्मचारी मागेको हो
कम्पनीले मधेश प्रदेशका एक उपशाखा, बाग्मती प्रदेशको एक शाखा र पाँच उपशाखा, गण्डकी प्रदेशको एक शाखा र एक उपशाखा तथा कोशी प्रदेशको एक उपशाखाका लागि कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । साथै, जीवन बीमा, बैंक तथा वित्तीलय संस्थामा कार्य अनुभव भएकोलाई प्राथमिकता दिनेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
