दुई वटा अन्तर्राष्ट्रिय पुरस्कार पाएपछि हिमालयन एभरेस्टले दियो धन्यवाद
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले भारतको मुम्बईमा २ वटा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएपछि धन्यवाद ज्ञापन गरेको छ । इन्डियन चेम्बर्स अफ कर्मशद्वारा आयोजित चौथो आइ सि सि इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ विमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनीहरुलाई सम्मानित तथा पुरस्कृत गरेको हो ।
कम्पनीले ‘उत्कृष्ठ लघु बिमक (बेस्ट माइक्रो इन्स्योरर–नेपाल)’ र ‘अति प्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल)’ अवार्ड प्राप्त गरेको हो । प्राप्त पुरस्कार कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहलाई हस्तान्तरण गरेको छ ।
विश्व मै प्रतिष्ठित परामर्शदाता पिडब्लुसिले एशियामा उदियमान बीमा कम्पनीहरुको कार्य सम्पादन, ब्यवसाय विस्तार, प्रविधिको प्रयोग विद्याहरु स्वतन्त्र मूल्याङ्गन गरेको आधारमा विभिन्न कम्पनीहरुलाई पुरस्कृत गरेको हो । सो मध्य हिमालयन एभरेष्टलाई माइक्रो इन्स्योरेन्स क्षेत्रमा गरेको सेवा प्रवाह र त्यस्को प्रभावकारीतालाई मूल्याङ्कन गर्दै बेस्ट माइक्रो इन्स्योरर–नेपाल र प्रविधिको प्रयोगले बीमा सेवा सहजता साथ उपलब्ध गराउदै प्रभावकारी ढंगबाट पहुँच अभिवृद्धि गर्दै लगेकोले मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल पुरस्कार प्रदान गरेको हो ।
कम्पनीले पछिल्लो समय वर्षेनी अन्तरराष्ट्रिय अवार्डहरु हात पार्दै आएको छ । यसअघि पनि सिंगापुरमा ‘इन्स्योरेन्स एसिया’ले दुई वटा प्रतिष्ठित सम्मानद्वारा हिमालयन एभरेस्टलाई सम्मानित गरेको थियो । गत साउन १३ मा कम्पनीले सिंगापुरमा ती दुई अवार्ड थापेको थियो ।