भोलिदेखि खुल्ने हिमालयन रिइन्स्योरेन्सको आइपीओलाई सर्वोच्चको ‘क्लिनचिट’ « Arthapath.com
२६ मंसिर २०८०, मंगलवार

भोलिदेखि खुल्ने हिमालयन रिइन्स्योरेन्सको आइपीओलाई सर्वोच्चको ‘क्लिनचिट’



काठमाडौं । सर्वोच्च अदालतले प्राथमिक सेयर निष्काशन (आईपीओ) रोक्न अन्तरिम आदेश नदिएपछि अव भोलिबाट हिमालयन रिइस्योरेन्सको आइपीओ खुल्ने भएको छ । प्रिमियम मूल्यमा आईपीओ बेच्न लागेका कारण उक्त प्रक्रिया रोक्न माग गर्दै अधिवक्ता यमप्रसाद भट्टराई र भीमसेन रायमाझीले रिट दायर गरेका थिए ।

उक्त मुद्दामा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । यसले बुधबारबाट आईपीओमा आवेदन दिन पाइने भएको छ ।

कम्पनीले अंकित मूल्य १०० मा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले सर्वसाधारणलाई आइपीओ बेच्न लागेको छ । हिमालयन रि नेपालको दोस्रो पुनरबीमा कम्पनी हो । यसअघि खुलेको नेपाल रिइन्स्योरेन्सको सेयर मंगलबार नेप्सेमा ६५५ रुपैयाँमा बन्द भएको छ ।

यसले पनि हिमालयन रिको आईपीओलाई आकर्षक बनाउन सघाएको छ । कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा गएका नेपाली र तिनको परिवारका लागि आरक्षित सेयर बेचिसकेको छ ।

अव सर्वसाधारण लगानीकर्ताले मंसिर २७ देखि पुस १ गतेसम्म हिमालय रिको आईपीओमा आवेदन दिन पाउने छन् । उक्त सेयरमा कम्तिमा १० र बढीमा ३ लाख कित्ता सेयर माग गरेर आवेदन दिन सकिने छ ।

धितोपत्र बोर्डले १० कित्ता वितरण गर्ने नीति संशोधन गर्न खोजेका बेला यो आइपीओ आएको हो । सर्वसाधारणलाई छुट्याइएको ३० प्रतिशत सेयर विक्री पुरा भएपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्