हिमालयन एभरेष्टले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२५ पुष २०८०, बुधबार

हिमालयन एभरेष्टले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २५ गते बसेको संचालक समितिको बैठकले ८.६३ प्रतिशत बोनश र कर प्रयोजनका लागि ६.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्