बैंकहरुमा लगानी गर्दै बीमा प्राधिकरण « Arthapath.com
२५ पुष २०८०, बुधबार

बैंकहरुमा लगानी गर्दै बीमा प्राधिकरण



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैंकहरुमा लगानी गर्ने भएको छ । प्राधिकरणले मौज्दात लगानी नीति अनुसार वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

प्राधिकरणका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने इच्छुक बैंकहरूले ७ दिन भित्र सिलबन्दी दरभाउ पत्र पेस गर्न सक्नेछन् । सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्नेछ ।

मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण पेश गर्नुपर्नेछ ।यसका साथै बिगत तीन वर्षको नाफा/नोक्सान, बैंकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोष उल्लेख गरेको हुनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्