ल्याप्स भएका बीमालेख नविकरणमा हिमालयन लाइफले ब्याज र जरिवाना छुट दिने, कुन अवधिमा कति ? « Arthapath.com
२ माघ २०८०, मंगलवार

ल्याप्स भएका बीमालेख नविकरणमा हिमालयन लाइफले ब्याज र जरिवाना छुट दिने, कुन अवधिमा कति ?



काठमाडौं । हिमलायन लाइफ इन्स्योरेन्स कम्पनीले ब्यतित बीमलेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज र जरिवाना) मा छुट दिने भएको छ ।

साविकको प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई ब्यतित (ल्याप्स्) भएका बीमालेखहरु नविकरण/पुनर्जागरण गर्दा बीमा शुल्कमा लाग्ने ब्याज र जरिवाना छुट दिने भएको हो ।

कम्पनीका बीमालेख ब्यतित अवधी ३ वर्षसम्ममा शतप्रतिशत, ३ वर्षदेखि ५ वर्षसम्ममा ५० प्रतिशत, ५ वर्षदेखि ७ वर्षसम्ममा ३५ प्रतिशत र ७ वर्षदेखि माथि जतिसुकै अवधिको भने २५ प्रतिशत ब्याज र जरिवाना छुट गरिएको हो ।

ल्याप्स् भएका बीमालेख पुनर्जागरण गर्दा दिइएके छुट बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तै, कम्पनीबाट ब्याज, जरिवाना छुट सुविधाको उपयोग गरि नविकरण गराइएका बीमालेखहरु नविकरण भएको मितिले २ वर्षभित्र बीमित तथा प्रस्तावकहरुले नियमानुसार सरेन्डर गर्न चाहेमा नविकरण गर्दा छुट प्रदान गरिएका ब्याज र जरिवाना बापतको रकम भने कट्टा गरिने छ । कम्पनीका अनुसार माघ ९ गतेदेखि १५ गतेसम्म गरिसक्नुपर्नेछ ।

ल्याप्स् भएका बीमालेखले बीमा जोखिम बहन नगर्ने हुँदा समयमा नै आफ्नो बीमालेख नविकरण बमिा शुल्क भुक्तानी गरि ब्याज र जरिवाना छुटको लाभा लिन कम्पनीले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्