वाणिज्य बैंकको मुद्दति निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी « Arthapath.com
४ माघ २०८०, बिहीबार

वाणिज्य बैंकको मुद्दति निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानीयोग्य रकम एक वर्ष वा सोभन्दा बढी अवधिको मुद्दति निक्षेपमा वाणिज्य बैंकमा लगानी गर्ने भएको हो ।

तर, रकम भने कम्पनीले खुलाएको छैन । त्यसका लागि बैंकहरुले तीन कार्यदिन भित्र कार्यालयमा गोप्य शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ ।

प्रस्तावको मान्य अवधि एक महिनाको हुनुपर्ने । तर, केन्द्रिय कार्यालय बाहे अन्य प्रस्ताव मान्य नहुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्