लाभांश पारित गर्न रिलायबल नेपाल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
५ माघ २०८०, शुक्रबार

लाभांश पारित गर्न रिलायबल नेपाल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो ।

कम्पनीको सभा आगामी माघ २९ गते, सोमबार, लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौँमा बस्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । सो प्रस्ताव सभामा पारित हुनेछ ।

यस्तै,, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्