को हुन् सिटिजन लाइफका ठुला सेयरधनी ? कसको सेयर स्वामित्व कति ? « Arthapath.com
५ माघ २०८०, शुक्रबार

को हुन् सिटिजन लाइफका ठुला सेयरधनी ? कसको सेयर स्वामित्व कति ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै सेयर स्वामित्व कान्तिपुर पब्लिकेसन र सुमित अग्रवालको देखिएको छ । कम्पनीमा पब्लिकेसन र अग्रवालको ७.४३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

कम्पनीमा १ प्रतिशत भन्दा बढी सेयर स्वामित्व भएका लगानीकर्ताहरु २२ जना छन् । यीमध्ये सबैभन्दा धेरै सेयर स्वामित्व रहेका कान्तिपुर पब्लिकेसन र अग्रवालको समान अर्थात् १३ लाख ७५ हजार कित्ता सेयर छ । अग्रवाल हाल कम्पनीको निर्देशक हुन् ।

यस्तै, कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेको भने ४.२९ प्रतिशत स्वामित्व छ । उनको कम्पनीमा ७ लाख ५० हजार कित्ता सेयर रहेको छ । कम्पनीमा विकास जेवी राणा,सुष्मा राणा र यति वल्र्ड इन्भेष्टमेन्ट प्रालिको समान ५.१४ प्रतिशत सेयर स्वामित्व छ । एयर डाईनाष्टी हेली सर्भिसको .०६ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै, कम्पनीमा ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल, उर्मिला पाण्ड र राजेन्द्र प्रसाद श्रेष्ठको पनि समान अर्थात् २.२९ प्रतिशत सेयर स्वामित्व छ ।

कसको सेयर स्वामित्व कति ?


प्रतिक्रिया दिनुहोस्