हिमालयन रिलाई थप सफलता, भारतबाट पनि पुनर्बीमा व्यवसाय गर्न बाटो खुल्यो « Arthapath.com
५ माघ २०८०, शुक्रबार

हिमालयन रिलाई थप सफलता, भारतबाट पनि पुनर्बीमा व्यवसाय गर्न बाटो खुल्यो



काठमाडौं । निजी क्षेत्रबाट स्थापित नेपालको पहिलो पुनर्बीमा हिमालयन रिन्स्योरेन्स कम्पनीले भारतबाट व्यवसाय गर्न बाटो खुलेको छ ।

हिमालयन रिलाई रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया (आइआरडीएआई) ले एफआरएन नम्बर प्रदान गरेको छ । सो नम्बर पाएसँगै अब भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको हो ।

कम्पनीका कार्यकारी निर्देशक दिपक कुमार श्रेष्ठका अनुसार गत मंगलबार अर्थात जनवरी १६ मा आइआरडीएआइले स्वीकृत प्रदान गरेको हो । उनले भने,‘हिमालयन रिले भारतबाट पुनर्बीमा व्यवसाय गर्न बाटो खुला भएको छ । कम्पनीको निवेदन उपर आइआरडीएआइले जनवरी १६ मा स्वीकृत प्रदान गरेको हो ।’

हिमालयन रिले स्थापननको छोटो समयमा नै ३१ वटा देशहरुमा व्यवसाय विस्तार गरेको छ । कम्पनी दक्षिण् एशियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छबी बनाउन सफल छ । पछिल्लो भारतबाट व्यवसाय गर्न स्वीकृति प्राप्त गरेसँगै सो छविलाई थाप उचाई पुयाउने कम्पनीले प्रतिवद्धता रहेको छ ।

हिमालयन रिले केही समय अघि मात्रै सर्वसाधारणमा आइपीओ निष्कासन गरि धितोपत्रको दोस्रो बजारमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्