लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
८ माघ २०८०, सोमबार

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्नका लागि आगामी फागुन ३ गते साधारण सभा बोलाएको हो ।

कम्पनीले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनससेयर र कर प्रयोजनार्थ ०.२८ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको हो । सोही प्रस्ताव पारित गर्न कम्पनीले फागुन ३ गते बिहीबार, आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछन् ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । त्यसका आधारमा माघ २४ गतेसम्म नेप्सेमा कारोकार भई कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन ।


प्रतिक्रिया दिनुहोस्