नेपाल लाइफले बनायो सेयरधनीलाई निराश, लाभांश नदिने निर्णय « Arthapath.com
८ माघ २०८०, सोमबार

नेपाल लाइफले बनायो सेयरधनीलाई निराश, लाभांश नदिने निर्णय



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात रित्तो बनाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

माघ ७ गते आइतबार बसेको संचालक समितिको बैठकले सो आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगरिने निर्णय भएको कम्पनीले जनाएको छ । तर, आव २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका विवरण पारित गरि स्वीकृतिका लागि बीमा प्राधिकरण समक्ष पेश गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्