लाभांश पारित गर्दै सकियो रिलायवल नेपालको साधारण सभा, दुई संचालक निर्विरोध चयन « Arthapath.com
२९ माघ २०८०, सोमबार

लाभांश पारित गर्दै सकियो रिलायवल नेपालको साधारण सभा, दुई संचालक निर्विरोध चयन



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ।

सभाले १६.८४ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

सभामा गत आव २०७९/८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु पारित गरेको छ । यसका साथै लेखापरीक्षकको नियुक्ति समेत गरेको छ ।

सभाले सर्वसाधारणको तर्फबाट डा. भिष्म कार्की र दिवेश लोहनीलाई संचालकमा निर्विरोध चयन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्