शिखर इन्स्योरेन्सले डाक्यो साधारण सभा « Arthapath.com
१७ फाल्गुन २०८०, बिहीबार

शिखर इन्स्योरेन्सले डाक्यो साधारण सभा



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले आगामी चैत ९ गते वार्षिक साधारण सभा डाकेको हो ।

सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा हुनेछ । यो वर्ष कम्पनीले लाभांश नदिने घोषणा गरेको छ । तर, गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरि पारित हुनेछ ।

सभामा ४ जना संचालक नियुक्तिका लागि निर्वाचन पनि हुने छ । सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्