१७ वर्षमा एशियन लाइफ: उत्कृष्ट बीमा सेवा प्रवाह र सेयरधनीलाई उच्च प्रतिफलको प्रतिवद्धता « Arthapath.com
२१ चैत्र २०८०, बुधबार

१७ वर्षमा एशियन लाइफ: उत्कृष्ट बीमा सेवा प्रवाह र सेयरधनीलाई उच्च प्रतिफलको प्रतिवद्धता



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १६औं वर्ष पुरा गरी सत्रौंं वर्षमा प्रवेश गरेको छ ।

२०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको कम्पनी १७औं वर्षमा प्रवेश गरेको हो । सो अवसरमा कम्पनीले गत चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरेको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले बुधवार मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालयका साथै काठमाडौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि समेत ७० जनाले रक्तदान गरेका छन् । गत चैत १७ गते काठमाडौं उपत्यकाभित्रका कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो ।

साथै देशभरका ८० वटा शाखा, उपशाखा कार्यालयहरु मार्फत् वृद्धाआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर लगायत जिन्सी सामाग्री वितरण गरेका छन् ।

वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले कम्पीको व्यवसायीक यात्रामा निरन्तर सहयोग पु¥याउँदै सम्पूर्णलाई धन्यावद दिएका छन् । उनले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र सेयरधनीलाई उच्च प्रतिफल दिनका लागि कम्पनी प्रतिबद्ध रहेको बताए ।

कम्पनीको हाल जीवन बीमाकोषको आकार ४१ अर्ब ३० करोड रुपैयाँ छ । यस्तै कूल बीमाशुल्क ४९ अर्ब रहेको छ । हाल कम्पनीको कुल लगानी ४६ अर्ब १० करोड रुपैयाँ छ ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५ अर्ब १५ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीमा १२ लाख ८२ हजार सक्रिया बीमालेख छन् । हाल कम्पनीको ३ अर्ब ३९ करोड ९८ लाख (सूचीकृत हुन बाँकी बोनश शेयर समेत) करोड चुक्ता पूँजी रहेको छ । निकट भविष्यमै ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्