सूर्यज्योति र सन नेपाल लाइफले बनाए सेयरधनी मख्ख: ८ कम्पनीले बनाए निराश, कसको लाभांश कति ? « Arthapath.com
२५ चैत्र २०८०, आईतवार

सूर्यज्योति र सन नेपाल लाइफले बनाए सेयरधनी मख्ख: ८ कम्पनीले बनाए निराश, कसको लाभांश कति ?



काठमाडौं । सेयरधनीलाई मख्ख पार्न सूर्यज्योति लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष सूचीमा देखिएका छन् । यी दुई कम्पनीले बीमा कम्पनीहरुमध्ये सर्वाधिक लाभांश दिने प्रस्ताव गरेका हुन् ।

हालसम्म लाभांश वितरणको घोषणा गरेका कम्पनीहरुमध्ये सबैभन्दा धेरै दिनेमा सूर्यज्योति लाइफ अघि देखिएको छ। कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

हालसम्म २० वटा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । तर, यीमध्ये १२ वटा कम्पनीले लाभांश दिने भएका छन् भने यी बाहेकका आठ वटा कम्पनीहरुले भने सेयरधनीहरुको हात रित्तो बनाएका छन् । हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृतमध्ये चार वटा बीमा कम्पनीले भने लाभांश घोषणा गर्नै बाँकी छ ।

सबैभन्दा धेरै लाभांश दिनेको दोस्रो सूचीमा रहेको सन नेपाल लाइफले पनि २५.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले २३.८ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.२५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यस्तै, रिलायवल नेपाल लाइफले पनि १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश गरि कुल १६.८४ प्रतिशत लाभांश दिने भएको छ । यता, हिमालयन एभरेष्टले १५ प्रतिशत, सिद्धार्थ प्रिमियरले ११ प्रतिशत, युनाईटेड अजोडले १०.८, नेपाल इन्स्योरेन्स १०.५२ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

त्यसैगरि एशियन लाइफले ८.१५ प्रतिशत, एनएलजी इन्स्योरेन्स ५.७८ प्रतिशत, सिटिजन लाइफले ५.२६ प्रतिशत, सगरमाथा लुम्बिनी र प्रभु इन्स्योरेन्स ५/५ प्रतिशत लाभांश दिने घोषणा गरेका हुन् ।

आठ वटा बीमा कम्पनीहरुले बनाए सेयरधनी निराश, चार वटाको लाभांश घोषणा हुन् बाँकी

यो वर्ष आठ वटा बीमा कम्पनीहरुले भने सेयरधनीहरुको हात रित्तो बनाएका छन् । ४/४ वटाले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले सेयरधनीहरुको हात रित्तो बनाएका हुन् ।

कम्पनीहरुले सञ्चित मुनाफाको केही प्रतिशत रकम अनिवार्य रुपमा जगेडा कोषमा राख्नुपर्ने हुन्छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले यस्तो व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार अधिकांश बीमा कम्पनीहरुले सेयरधनीलाई लाभांश नबाँडेर रिजर्भमा राख्ने भएका हुन् ।

हालसम्म लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी), सानिमा रिलायन्स, नेपाल लाइफ र हिमालयन लाइफले लाभांश नबाँड्ने निर्णय गरेका छन् । यस्तै, शिखर, नेको इन्स्योरेन्स, सानिमा जिआइसी र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश नदिने निर्णय गरेका हुन् ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीसहित चार वटाले अझै पनि लाभांश घोषणा गर्न बाँकी छ । हाल आइएमई लाइफ, नेशनल लाइफ र प्रभु इन्स्योरेन्सको लाभांश घोषणा हुन बाँकी रहेको छ । अझै पनि यी कम्पनीहरुले लाभांश बाँड्ने न बाँड्ने निर्णय गरेका छैनन् ।

कुनको लाभांश कति ?


प्रतिक्रिया दिनुहोस्