राष्ट्रिय बीमा कम्पनीको सिइओमा ४ जनाको नाम सर्टलिस्ट, को-को परे ?
![](https://www.arthapath.com/wp-content/uploads/2024/02/Rastriya-beema-company.jpg)
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को लागि सर्टलिस्ट तयार भएको छ ।
शुक्रबार कम्पनीको पदपूर्ति समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको हो । समितिले सिइओका लागि डा. शिवहरि श्रेष्ठ, सुवास कोइराला, नारायण कुमारी भट्टराई र सुरेन्द्र थापाको नाम सर्टलिस्ट गरेको छ ।
गत माघ ३४ गते कम्पनीले २१ दिनको म्याद राखेर सिइओका लागि आवेदन खुला गरेको थियो । कम्पनीको सिइओ बन्नका लागि ९ जना उम्मेदवारले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ५ जना पहिलो चरणबाट बाहिरिएका छन् । आवेदन दिएकामध्ये नवीन सुवेदी, बुद्धकाजी श्रेष्ठ, राजुनाथ खनाल, उज्जवल अर्याल र रामदेव यादव भने पहिलो चरणबाट बाहिरिएका हुन् ।
हाल सर्टलिस्टमा परेका ४ जनाको अब प्रस्तुतीकरण हुने र अन्तर्वार्ता हुनेछ । आगामी बैशाख १२ गते प्रस्तुतीकरण हुनेछ भने बैशाख १३ गते अन्तर्वार्ता हुने छ । प्रस्तुतीकरण ४० मिनेटको हुनेछ ।