व्यवसायसँगै रोजगारी बढाउँदै बीमा क्षेत्र, कुन कम्पनीले कतिलाई दिए जागिर ? « Arthapath.com
२५ बैशाख २०८१, मंगलवार

व्यवसायसँगै रोजगारी बढाउँदै बीमा क्षेत्र, कुन कम्पनीले कतिलाई दिए जागिर ?



काठमाडौं । आर्थिक संकट कारण बीमा क्षेत्रको रोजगारी वृद्धि हुन सकिरहेको थिएन । गत वर्ष बीमा कम्पनीहरूको मर्जरको लहर चलेको थियो । अधिकांश कम्पनीहरू मर्जरमा गएका कारण पनि कर्मचारीको सङ्ख्यामा कमी आएको थियो ।

गत वर्षहरूमा विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दी र व्यवसायमा आएका गिरावटले पनि बीमा क्षेत्रले उल्लेख्य रूपमा रोजगार वृद्धि गर्न सकिरहेको थिएन । बीमा कम्पनीहरुको कर्मचारी संख्या र शाखा कार्यालयहरु पनि धमाधम घट्दै गएको थियो ।

तर, पछिल्लो समयमा भने बीमा क्षेत्रमा कर्मचारीहरु थपिने क्रम भने बढ्दो छ । विस्तारै आर्थिक गतिविधिहरु पनि बढ्न थालेका छन् । आर्थिक शिथिलताले लामो समय सुस्ताएको बीमा व्यवसायमा पनि क्रमिक सुधार हुँदैछ । आर्थिक गतिविधि बिस्तारै बढ्न थालेसँगै त्यसको प्रभाव बीमा व्यवसायमा पनि देखिन थालेको छ ।

समिक्षा अवधिमा समग्र बीमा व्यवसाय ४.१३ प्रतिशत बढेको छ । चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब १० अर्ब १६ करोड १६ लाख र निर्जीवन कम्पनीहरुले ३० अर्ब १५ करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । ९ महिनामा कम्पनीहरुले कुल १ खर्ब ४० अर्ब ३१ करोड ४६ लाख बीमा शुल्क आर्जन गरेका छन ।

कम्पनीहरू विशेषगरि व्यवसाय विस्तारमा अग्रसर भएकाले नै कर्मचारीहरू थपिने क्रम बढेको छ । हाल कम्पनीहरूले नयाँ कर्मचारी धमाधम भर्ना गरी व्यवसाय विस्तारमा जोड दिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल बीमा क्षेत्रमा ११ हजार ५६९ जना कर्मचार आवद्ध छन् । यो गत चैत मसान्तसम्मको तथ्याङ्कमा आधारित हो । गत वर्षको चैतसम्मको तुलनामा भने थप ११६ जना कर्मचारी थपिएको तथ्याङ्कले देखाउँछ । लघुबीमा कम्पनीहरु पनि थपिएकाल कर्मचारीहरुको संख्या पनि बढ्दो नै छ । लघुबीमा मार्फत पनि शाखा कार्यालय र कर्मचारीहरु बढदै गएको प्राधिकरणले जनाएको छ । गत वर्षको चैतसम्म बीमा कम्पनीहरुमा ११ हजार ४५३ जना कर्मचारी रहेका थिए ।

प्राधिकरणका अनुसार हाल संचालनामा रहेका जीवन बीमा कम्पनीहरुमा ५ हजार ७९४ जना र निर्जीवन बीमा पनि ५ हजार ७७५ जना कर्मचारी आवद्ध छन् । विशेषगरि निर्जीवन बीमा कम्पनीहरुमा कर्मचारी बढेको देखिन्छ । पछिल्लो समय कम्पनीहरूको व्यवसाय थप विस्तार हुँदै गएको प्राधिकरणले जनाएको छ । कर्मचारीहरू थपिँदै जाँदा कम्पनीले थप बलियो बन्दै गएका छन् । यता, लघुबीमा मार्फत पनि शाखा कार्यालय र कर्मचारीहरु बढदै गएको प्राधिकरणले जनाएको छ । हाल बीमा कम्पनीहरुले २ हजार ९३६ वटा कार्यालय मार्फत सेवा विस्तार गर्दै आएका छन् ।

जीवन बीमा कम्पनीमा ५ हजार ७९४ कर्मचारी, हिमालयन लाइफमा सबैभन्दा धेरै

हाल संचालनमा रहेका जीवन बीमा (लघुबीमा सहित) कम्पनीमा कुल ५ हजार ७९४ जना कर्मचारी आवद्ध छन् । यीमध्ये लघुबीमा जीवन बीमा कम्पनीमा भने १५४ जना कर्मचारीहरु छन् ।

जीवन बीमा सबैभन्दा धेरै कर्मचारी हिमालयन लाइफ इन्स्योरेन्समा देखिएका छन् । कम्पनीले ७६८ जना कर्मचारीलाई रोजगारी प्रदान गरेको छ । दोस्रो सूचीमा रहेको नेपाल लाइफमा ६५७ जना कर्मचारी छन् ।

यता, सूर्यज्योति लाइफसँग ५७० जना, नेशनल लाइफ ५१० जना, सानिमा रिलायन्ससंग ४६२, एशियनसंग ४३०, प्रभु महालक्ष्मीसंग ४०५, सिटिजनसँग ३८८, सन नेपालसँग ३७० र रिलायवल नेपालसँग ३२४ जना कर्मचारी छन्। त्यसैगरि आइएमई लाइफसँग २५५, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालसँग २४४ जना, मेट लाइफसँग १६६ र राष्ट्रिय जीवन बीमासँग ९१ जना कर्मचारी छन् ।

यता, क्र्रेष्ट माइक्रा लाइफसँग ६६ जना, गार्डियनसँग ५२ र लिवर्टी माइक्रो लाइफसँग ३६ जना कर्मचारी छन् ।

निर्जीवन बीमामा पनि साढे ५ हजार बढी कर्मचारी आवद्ध, सलिको र शिखरमा सबैभन्दा धेरै

निर्जीवन बीमा कम्पनीमा भने ५ हजार ७७५ (लघुबीमा कम्पनीसहित) जना कर्मचारी आवद्ध छन् । सबैभन्दा धेरै कर्मचारी भने सगरमाथा लुम्बिनी (सलिको) र शिखर इन्स्योरेन्समा क्रमशः ६४८ र ६४२ जना छन् । तेस्रो सूचीमा रहेको सिद्धार्थ प्रिमियरसँग पनि ६२२ जना कर्मचारी आवद्ध छन् । यता, नेको इन्स्योरेन्ससँग ५६२ जना, युनाईटेड अजोडसँग ५४० जना, आइजीआई प्रुडेन्सियलसँग ४९२, एनएलजीसँग ४२९, हिमालयन एभरेष्टसँग ४०६ जना कर्मचारी छन् ।

यस्तै, सानिमा जिआईसीसँग ३७६ जना, नेपाल इन्स्योरेन्ससँग २८८ जना, प्रभुसँग २६२ जना, राष्ट्रिय बीमा कम्पनीसाग ११९, ओरियण्टलसँग १०५ र नेशनलसँग ६६ जना कर्मचारी आवद्ध छन् ।

त्यसैगरि चार निर्जीवन लघुबीमा कम्पनी तर्फ भने २१८ जना कर्मचारी छन् । प्राधिकरणका अनुसार प्रोटेक्टिभ माइक्रोसँग ६७ जना, स्टार माइक्रोसँग ६०, नेपाल माइक्रोसँग ५८ र ट्रष्ट माइक्रोसँग ३३ जना कर्मचारी छन् ।


प्रतिक्रिया दिनुहोस्