झन्डै ३ गुणा बढ्यो आइजीआई प्रुडेन्सियलको खुद नाफा, व्यापारमा पनि उल्लेख्य वृद्धि, इपिएस कति ? « Arthapath.com
२६ बैशाख २०८१, बुधबार

झन्डै ३ गुणा बढ्यो आइजीआई प्रुडेन्सियलको खुद नाफा, व्यापारमा पनि उल्लेख्य वृद्धि, इपिएस कति ?



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा झन्डै ३ गुणा बढेको छ । कम्पनीले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा १८१.०४ प्रतिशत बढेर (२.८१ गुणा) ४६ करोड ७६ लाख २९ हजार रुपैयाँ कायम भएको छ । गत आवको तेस्रो त्रैमासमा भने कम्पनीले १६ करोड ६३ लाख ९४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

कम्पनीको व्यापार पनि उल्लेख्य बढेको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ८८.२६ प्रतिशत बढेर ८६ करोड ७३ लाख ७९ हजार रुपैयाँ कायम भएको छ । गत आवको ९ महिनामा कम्पनीले ४६ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीकाले लगानी तथा ऋणबाट हुने आम्दानी ४९ करोड ६४ लाख पुगेको छ । यता, कमिसन आम्दानी ३३ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । ९ महिनामा कम्पनीको कुल आम्दानी १ अर्ब ७० करोड २७ लाख ९९ हजार रुपैयाँ र कुल खर्च १ अर्ब ३ करोड ४७ लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ छ । कम्पनीको महाविपत्ती कोषमा ७ करोड ७६ लाख र बीमा कोषमा ४ अर्ब ९२ करोड ४५ लाख रुपैयाँ छ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि २० रुपैयाँ ५८ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ९२ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्