हिमालयन लाइफको नाफा साढे ४३ करोड, जीवन बीमा कोषको आकार ६२ अर्ब « Arthapath.com
२६ बैशाख २०८१, बुधबार

हिमालयन लाइफको नाफा साढे ४३ करोड, जीवन बीमा कोषको आकार ६२ अर्ब



काठमाडौं । ९ महिनामा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले साढे ४३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा ४३ करोड ५४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ८ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा भने ४७ करोड ३२ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन भने ८.४१ प्रतिशत बढेर १२ अर्ब २ करोड ३० लाख ५५ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको लगानी तथा कर्जाबाट ४ अर्ब १२ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँ छ भने कुल खर्च १६ अर्ब २६ करोड ९ लाख रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीले ४ अर्ब ५६ करोड १९ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख रुपैयाँ छ । कम्पनीको जीवन बीमा कोषको आकार पनि १८.५७ प्रतिशत बढेर ६१ अर्ब ८० करोड २९ लाख रुपैयाँ पुगेको छ । यता, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ७ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्