जीवन बीमा क्षेत्रमै सूर्यज्योतिको नयाँ अभ्यास, संचालनमा ल्यायो सुविधायुक्त डाइनामिक क्यूआर सेवा « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

जीवन बीमा क्षेत्रमै सूर्यज्योतिको नयाँ अभ्यास, संचालनमा ल्यायो सुविधायुक्त डाइनामिक क्यूआर सेवा



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सुविधायुक्त डाइनामिक क्यूआर सेवा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो सेवालाई प्रवृधिमैत्री सेवालाई अझ सुदृढ गर्दै सेवाग्राहीको लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाइनामिक क्यूआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको हो ।

उक्त क्यूआरको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन् । उक्त भुक्तानीको नोटिफिकेशन र अन्य विवरण मोबाइल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको छ ।

क्यूआरमा विभिन्न बैंकको नियमानुसार अधिकतम ३ लाख रुपैयाँसम्मको भुक्तानी गर्न मिल्ने सुविधा रहेको छ । फोन पेको माध्य प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा कनेक्ट आइपिएस एप लगायत अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

अन्य क्षेत्रमा डाइनामिक क्यूआर पहिलेदेखि रहेता पनि जीवन बीमा क्षेत्रमा भने यो नयाँ अभ्यास रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश बिक्रम खत्रीले बताए । उनका अनुसार हरेक ग्राहकका लागि फरकफरक क्यूआर बन्ने र भुक्तानी गर्नासाथ आफै सिस्टममा अपटेड हुने यसको विशेषता रहेको छ ।

उक्त डानमिक क्यूआरको मद्दतले सेवाग्राहीहरु घरमै बसेर मोबाइल अथवा कम्पनीको वेबसाइट मार्फत आफ्नो विवरण भरि क्यूआर प्राप्त गर्न सक्नेछन् । सो क्यूआर स्क्यान गरि छिटो र छरितो रुपमा बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले सिइओ खत्रीले बताए । उनका अनुसार भुक्तानीको विवरण सेवाग्राहीहरुले तुरुन्तै एसएमएस मार्फत प्राप्त गर्न सक्नेछन् ।

बीमितहरुले सूर्यज्योतिको देशभरका १७८ वटा शाखा कार्यालयहरु वा आफैले घरमै बसेर वेबसाइटमा गई सर्भिस अप्सन वा मा आफ्नो बीमालेख र पोलिसी नम्बर राखी सजिलै लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्