अवधि नसकिँदै बीमालेख त्याग्ने प्रवृत्तिमा देखिएन सुधार, कुल सरेन्डरमा नेपाल लाइफको मात्रै ३५.५३ प्रतिशत
काठमाडौं । बीमा पोलिसी सरेन्डर गर्ने प्रवृत्तिमा सुधार आउन सकेको छैन । मासिक १ अर्ब रुपैयाँ रुपैयाँ बराबरको जीवन बीमा पोलिसी सरेन्डर हुने गरेको छ । औसतमा मासिक साढे ८ हजार बढी बीमितले पोलिसी सरेन्डर गरेका छन् ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । १० महिनामा १० अर्ब ७० करोड ३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।
पछिल्लो समय देखिएको आर्थिक शिथिलताकै कारण अवधी (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेखको संख्या र सरेन्डर रकम बढ्दो नै छ ।
प्राधिकरणको नीतिगत कडाईका बावजुद पनि यस्तो दर बढ्दो क्रममा नै छ। कतिपय बीमा अभिकर्ताहरूले कमिसनको लोभमा बीमा गराउँदा पनि बीमितहरुले बीमालेख त्याग्नेको संख्यामा बढ्को विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार कति बीमितले भने आफ्नो आर्थिक समस्या समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा लिने पनि गर्छन् ।
निश्चित अवधिमा तोकेर बीमितले बीमा गर्ने गर्छन् । तर, बीमा अवधिमा नसकिँदै बीमितले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन्, त्यसलाई सरेन्डर भनिन्छ । पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ट बीमितलाई भुक्तानी गरिन्छ ।
हाल बीमा गरेको न्यूनतम ३ बर्ष पछि मात्रै पोलिसी बन्द गर्न पाइने व्यवस्था छ । यसअघि यस्तो अवधिमा दुई वर्षको रहेको थियो । तर, प्राधिकरण नीतिगत कडाई गरेको गरि अवधिमा बढाएर ३ वर्ष पुर्याएको थियो । सरेन्डरलाई नियन्त्रण गर्नेका लागि प्राधिकरण थप अध्ययन गरिरेहेको छ। सरेन्डर न्युनीकरणका लागि अहिले विभिन्न अध्ययन अनुसन्धान भईरहेको प्राधिकरणले जनाएको छ ।
कुल सरेन्डरमा नेपाल लाइफको हिस्सा ३५.५३ प्रतिशत, कुन कम्पनीको कति ?
प्राधिकरणका अनुसार सबैभन्दा धेरै नेपाल लाइफका बीमित पोलिसी सरेन्डर गरेका छन् । १० महिनामा कम्पनीका बीमितले २४ हजार ३३० वटा पोलिसी बन्द गरेका छन् । सो अवधिमा कम्पनीको सरेन्डर रकम भने ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ छ । यो कुल सरेन्डर रकमको ३५.५३ प्रतिशत हिस्सा नेपाल लाइफकै छ ।
यस्तै, कुल सरेन्डर रकममा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) को हिस्सा २२.०९ प्रतिशत छ । १० महिनामा एलआइसीको २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको १७ हजार २९६ पोलिसी बन्द भएका छन् । समिक्षा अवधिमा सन नेपाल लाइफको सबैभन्दा कम सन नेपाल लाइफको ५ करोड २३ लाख बराबरको ५४३ वटा पोलिसी सरेन्डर भएको छ ।
यता, राष्ट्रिय बीमा संस्थानको पनि ९० करोड २१ लाख रुपैयाँ बराबरका १० हजार ४८३ वटा पोलिसी, नेशनल लाइफको ७९ करोड ५२ लाख बराबरको ५ हजार ६७१ वटा, एयिशन लाइफको ६७ करोड ७० लाख रुपैयाँ बराबरको ७ हजार ९४३ वटा, सूर्यज्योति लाइफको ५८करोड १० लाख बराबरको ४ हजार २१९ वटा, हिमालयन लाइफको ५७ करोड ८९ लाख बराबरको ६ हजार ५०९ वटा पोलिसी सरेन्डर भएका छन् ।
यता, मेट लाइफको ३३ करोड ६१ लाख , सानिमा रिलायन्सको १६ करोड ५० लाख, प्रभु महालक्ष्मीको १४ करोड २१ लाख, सिटिजनको १२ करोड १६ लाख, आइएमई लाइफको १० करोड ५६ लाख, रिलायवल नेपालको ७ करोड ५७ लाख रुपैयाँ बराबरको सरेन्डर भएका छन् ।
कुन कम्पनीको कति ?