नेशनल लाइफले गर्यो बागमती प्रदेशका ३५ जना अभिकर्ताहरुलाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बागमती प्रदेशका ३५ जना अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनोट हुन सफल ती अभिकर्ताहरुलाई बुढानीलकण्ठको होटल लेमन ट्रि प्रिमियर एक कार्यक्रम गरि सम्मान गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरेका थिए । समारोहमा सहभागि अभिकर्ताहरुलाई कम्पनीको उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलले उत्प्रेरण तालिम प्रदान गर्दै कम्पनीले अभिकर्ताहरुको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाहरुको छुट्टा छुट्टै महत्व हुने बताए । यस्ता योजनाहरुमा छनौट हुनका लागि व्यवसायिक कार्यनिति बनाउनु पर्ने उनको भनार्य छ ।
समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरिएको थियो । सो अवसरमा सिइओ खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको दावी गरे ।
कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता संजालको महत्वपूर्ण भूमिका रहने खत्रीको भनाई छ । उनले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री एवं व्यवसायिक बनाउन थप लगानी गर्दै गइरहेको बताए । उनले नेशनल रत्नमा छनोट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार काठमाडौंमा बागमती प्रदेशका अभिकर्ताहरुबाट सम्मान गरिएको बताए ।
कम्पनीले यसभन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुर्ला सम्मान गरिसेकेको छ । अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने कम्पनीले जनाएको छ ।