युनाईटेड अजोडको विशेष साधारण सभा सम्पन्न, १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित

काठमाडौं । युनाईटेड अजोडको विहीबार सम्पन्न विशेष साधारण सभाले हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको छ ।
काठमाडौँको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न विशेष साधारण सभाले हाल कायम चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भई दुई अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्ने छ । चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत सोही सभाले पारित गरेको छ ।