घरजग्गा खरिद गर्दै एशियन लाइफ

काठमाडौं । एशियन लाइफले घरजग्गा खरिद गर्ने भएको छ। कम्पनीले बाँके जिल्ला नेपालगञ्ज उपमहानरपालिकामा घरजग्गा खरिद गर्न लागेको हो ।
सुर्खेत रोडसँग जोडिएको पुष्पाल चोक, वीरेन्द्र चोक र विपी चोक आसापसको क्षेत्रमा १५ देखि ३० धुर जग्गा आवश्यक रहेको कम्पनीले जनाएको छ । नेपाल बीमा प्राधिकरणबाट जारी जीवन बीमकको एकीकृत निर्देशिका २०७९ को अधिनमा रही घरजग्गा खरिद गर्न लागेको कम्पनीले जनाएको छ ।
सो क्षेत्रमा घरजग्गा बिक्री गर्न इच्छुक व्यक्ति, संघसंस्थाहरुले बिक्री प्रस्ताव पेश गर्न सक्नेछन् । शिलवन्दी प्रस्ताव आजैका मिति (असार २ गते) ले १५ दिन कार्यालय समयभित्र कम्पनीको प्रधान कार्यालय मैतीदेवी काठमाडौंमा पेश गर्नुपर्नेछ । व्यवसायिक प्रयोजनको भवनसहितको जजग्गालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।