कुमारीपाटीको भवन भाडामा लगाउँदै हिमालयन एभरेष्ट

काठमाडौं । हिमालयन एभरेष्टले घर बहालमा दिने भएको छ । कम्पनीले ललितपुर महानगरपालिका–१९, कुमारीपाटीमा अवस्थित भवनको भुई तल्ला र पहिलो तला भाडामा दिन लागेको हो ।
बैंक तथा वित्तीय संस्था, जीवन बीमा कम्पनी, ट्राभल एण्ड टुर एवं एजेन्सी सेवा आदि संचालनका लागि घर बहालमा लिन इच्छुक व्यक्ति तथा संस्थाहरुले शिलबन्दी प्रस्ताव गर्न सक्नेछन् ।
कम्पनीको प्रधान कार्यालय थापागाँउ स्थित सामान्य सेवा विभागमा १ हजार रुपैयाँ बुझाई आशायपत्र खरिद गरि असार २२ गते भित्र शिलवन्दी प्रस्ताव पेश गर्न सकिने छ ।