नेशनल लाईफको ‘नेशनल अवार्ड’: छुट्टा-छुट्टै कार्यक्रममा अभिकर्तालाई सम्मान « Arthapath.com
१८ असार २०८२, बुधबार

नेशनल लाईफको ‘नेशनल अवार्ड’: छुट्टा-छुट्टै कार्यक्रममा अभिकर्तालाई सम्मान



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी अभिकर्तालाई सम्मान गरेको छ । नेशनल अवार्ड अन्तर्ग नेशनल रत्न छनौट हुन सफल अभिकर्तालाई सम्मान गरेको हो ।

नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।

समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश प्रसाद खत्रीले सम्मान गरेका हुन् । कम्पनीले नेपालको बीमा बजारमा बीमितहरुलाई सबै भन्दा बढि बोनस प्रदान गर्दै सिइओ खत्री बताए ।

कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत राख्न सफल जानकारी गराए । यसका लािग सम्पूर्ण अभिकर्ता समूहलाई विशेष धन्वयाद समेत व्यक्त गरे ।

प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार नेपालगंजमा लुम्विनी र कर्णाली प्रदेशका अभिकर्ताहरुलाई र महेन्द्रनगरमा सुदुर पश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ।

यसअघि इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाई र काठमाण्डौमा बागमती प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसेकेको छ । अन्य बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने पनि कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्