सिद्धार्थ प्रिमियरले एकै वर्ष गर्यो २ अर्ब २७ करोड दावी भुक्तानी, मोटर बीमामा मात्रै ४१ प्रतिशत « Arthapath.com
१५ श्रावण २०८१, मंगलवार

सिद्धार्थ प्रिमियरले एकै वर्ष गर्यो २ अर्ब २७ करोड दावी भुक्तानी, मोटर बीमामा मात्रै ४१ प्रतिशत



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक वर्ष क्षतपिूर्ती बापत २ अर्ब बढी दावी भुक्तानी गरेको छ ।

निर्जीवन बीमा व्यवसायमा आफ्नो हिस्सा बढाउँदै आएको कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा कुल २ अर्ब २७ करोड ५३ लाख ३१ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको हो ।

गत आवको साउनदेखि असार मसान्तसम्ममा कुल १५ हजार ६३५ वटा दावी परेको थियो । त्यसमध्ये १४ हजार ६२ वटाको दावी भुक्तानी दिएको हो ।

अघिल्लो आवको तुलनामा कम्पनीको दावी भुक्तानी ३.१९ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कम्पनीले २ अर्ब २० करोड ४८ लाख ९८ हजार रुपैयाँ दावी भुक्तानी दिएको थियो । कम्पनीले अघिल्लो वर्ष १२ हजार ७० वटा दावीमा भुक्तानी गरेको थियो ।

गत वर्ष कम्पनीको कुल व्यापार पनि ४ अर्ब नाघेको छ । कुल निर्जीवन बीमामा सिद्धार्थ प्रिमियरको १०.१४ प्रतिशत योगदान छ । गत वर्षभर कम्पनीले ४ अर्ब १७ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कुल दावी भुक्तानी मोटर बीमामा मात्रै ४१ प्रतिशत

कम्पनीले सबैभन्दा धेरै मोटर बीमामा दावी भुक्तानी गरेको छ । कुल दावी भुक्तानीको ४१.०९ प्रतिशत मोटर बीमा अन्तर्गत देखिएको छ । कम्पनीका अनुसार मोटर बीमामा ६ हजार २९५ वटा दावीमा ९३ करोड ५० लाख २९ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

दोस्रो सबैभन्दा धेरै दावी भुक्तानी सम्पत्ति बीमाको दिएको छ । एक वर्षमा कम्पनीले ३६१ वटा दावीमा ५२ करोड ८५ लाख २४ हजार रुपैयाँ भुक्तानी दिएको हो । यो कुल दावी भुक्तानीको २३.२२ प्रतिशत हुन आउँछ ।

यस्तै, इन्जिनियरिङ तथा जोखिम बीमा अन्तर्गत ३२५ वटा दावीमा भुक्तानी दिएको छ। कम्पनीले गत वर्ष यस्तो बीमामा कुल ४५ करोड ३७ लाख १९ हजार रुपैयाँ भुक्तानी दिएको हो ।

यता, स्वास्थ्य बीमामा भने ४ हजार ४१० वटा दावीमा १४ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरेको छ। त्यसैगरि सामून्द्रिक बीमाअन्तर्गत ८ करोड ५९ लाख ६१ हजार ( २५२ वटा), विविध शीर्षक १ हजार ४७४ वटा दावीमा ८ करोड ७२ लाख ६३ हजार रुपैयाँ भुक्तानी दिएको छ ।

कृषि तथा बाली बीमामा भने ३ करोड ८७ लाख ५२ हजार (८४१ वटा), लघुबीमा मार्फत २ लाख ३८ हजार, हवाई बीमा अन्तर्गत ३० हजार मात्रै दावी भुक्तानी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्