लघु निर्जीवन बीमा व्यवसायमा नेपाल माइक्रोको अग्रता, अन्य कसको व्यापार कस्तो ?

काठमाडौं । हाल संचालनमा रहेका चार निर्जीवन लघुबीमा कम्पनीहरुले एक वर्ष साढे २९ करोड बराबरको व्यापार गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
प्राधिकरणका अनुसार चार वटा माइक्रो कम्पनीले २९ करोड ४८ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । हाल नेपाल माइक्रो, प्रोटेक्टिभ, स्टार र ट्रस्ट माइक्रो लाइफ संचालनमा छन् । ती कम्पनीहरुले गत वर्ष कुल १ लाख २७ हजार १८२ वटा बीमालेख बिक्री गरेका हुन् ।
गत वर्ष सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सले व्यापार गरेको छ । कम्पनीले एक्लैले १० करोड ३१ लाख ६६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले ४९ हजार ४७३ वटा बीमालेख बिक्री गरेको हो ।
यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पनि ३० हजार ४१० वटा लघुनिर्जीवन बीमालेख बिक्री गरि कुल ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता, स्टार माइक्रोले पनि ३३ हजार ४०७ वटा बीमालेख बिक्री गरेको छ। सो बराबरको बीमालेख बिक्रीबाट स्टार माइक्रो इन्स्योरेन्सले ६ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यता, ट्रस्ट माइक्रो इन्स्योरेन्स भने गत वर्ष कुल ३ करोड २७ लाख ५३ हजार बराबरको व्यापार गरेको छ। कम्पनीले १३ हजार ८९२ वटा बीमालेख बिक्रीबाट सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।