व्यापारमा सलिकोले टप्यो: दोस्रो पोजिशनमा सिद्धार्थ प्रिमियर, बिजनेश ग्रोथमा नेपाल इन्स्योरेन्स तगडा « Arthapath.com
१८ भाद्र २०८१, मंगलवार

व्यापारमा सलिकोले टप्यो: दोस्रो पोजिशनमा सिद्धार्थ प्रिमियर, बिजनेश ग्रोथमा नेपाल इन्स्योरेन्स तगडा



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एकै महिना चार अर्ब बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१-८२ को साउन महिनाको तथ्यमङ्कले यस्तो देखाएको हो ।

साउन महिनामा ठुला निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब २६ करोड रुपैयाँ बराबरको व्यापार गरेका हुन् । ती कम्पनीहरुले २ लाख २१ हजार ७१ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

गत आवको साउन महिनाको तुलनामा कम्पनीहरुको बिजनेश साढे २७ करोड अर्थात् ६.८८ प्रतिशत वृद्धि भएको हो । गत आवको साउनमा ती कम्पनीहरुले ३ अर्ब ९८ करोड ५८ लाख ५३ हजार रुपैयाँ बराबरको व्यापार गरेका थिए । अघिल्लो साउनको तुलनामा प्रभु, राष्ट्रिय बीमा कम्पनी, हिमालयन एभरेष्ट र युनाइटेड अजोडको व्यापार घटेको छ । यी बाहेकका अन्य कम्पनीको व्यापार वृद्धि भएको छ । यी कम्पनीहरुको गत वर्षको साउनको तुलनामा क्रमशः ५७.९५ प्रतिशत, १३.५४ प्रतिशत, ५.१३ प्रतिशत र ३.९५ प्रतिशत गिरावट देखिएको छ ।

साउन महिनामा सर्वाधिक व्यापार वृद्धि नेपाल इन्स्योरेन्सको देखिएको छ । गत वर्षको साउनको तुलनामा कम्पनीको बीमा शुल्क आर्जन १०३.३८ प्रतिशत वृद्धि भई २८ करोड ८६ लाख रुपैयाँ कायम भएको छ। बिजनेश ग्रोथको आधारमा दोस्रो सूचीमा भने ओरियण्टल देखिएको छ । कम्पनीको बीमा शुल्क आर्जन ४०.४६ प्रतिशत वृद्धि भई २९ करोड १० लाख रुपैयाँ कायम भएको छ ।

साउन महिनामा सर्वाधिक व्यापार भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले गरेको छ । कम्पनीले एकै महिनामा ६३ करोड १५ लाख ९० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको साउनको तुलनामा पनि १४.५१ प्रतिशत बढी हो ।

यता, सिद्धार्थ प्रिमियरको व्यापार पनि ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ । प्रायः व्यापारमा वर्चश्व कायम हुने शिखर इन्स्योरेन्स साउन महिनामा भने तेस्रो सूचीमा पुगेको छ । कम्पनीले साउनमा ३६ करोड ८८ लाख रुपैयाँ बराबरको बिजनेश गरेको छ।

चौंथो सूचीमा रहेको हिमालयन एभरेष्टले पनि ३२ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। यता, नेकोले पनि आफ्नो व्यापार २७.५९ प्रतिशत वृद्धि गरि ३१ करोड ८८ लाख रुपैयाँ कायम भएको छ।

कुनको प्रिमियम कलेक्सन कति ? रकम हजारमा


प्रतिक्रिया दिनुहोस्