एकै महिना लघुबीमा कम्पनीको व्यापार पौने ९ अर्ब, व्यवसाय बढाउँदै नेपाल माइक्रो र गार्डियन
काठमाडौं । हाल संचालनमा रहेका लघुबीमा कम्पनीहरुले एक महिनामा पौन ९ अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१-८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउनमा कम्पनीहरुले ८ करोड ८६ लाख १२ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
कम्पनीहरुले एक महिनामा २ लाख ६२ हजार २४० वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शूल्क आर्जन गरेका हुन् । हाल निर्जीवन तर्फ ४ चार वटा लघबीमा कम्पनी छन् भने ३ वटा लघु जीवन बीमा कम्पनी संचालनमा छन् ।
सवा ५ करोडको लघु निर्जीवन बीमा व्यापार
चालु आवको साउनमा लघु निर्जीवन बीमा कम्पनीहरुले २० हजार २४३ वटा बीमालेख बिक्री गरेका छन् । कम्पनीहरुले साउनमा मात्रै ५ करोड १६ लाख ११ हजार रुपैयाँ बीमा शूल्क संकलन गरेका छन् ।
निर्जीवन लघुबीमा नेपाल माइक्रोको अग्रता देखिएको छ । साउन महिनामा कम्पनीले १ करोड ३८ लाख ६४ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । साउनमा कम्पनीले ५ हजार ७८१ वटा बीमालेख बिक्री गरेको छ । यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पनि १ करोड ३६ लाख ३३ हजार रुपैयाँ बराबरको ब्यापार गरेको छ । प्रोटेक्टिभ माइक्राले एक महिना ४ हजार ६३९ वटा बीमालेख बिक्री गरेको छ ।
यस्तै, ट्रस्ट माइक्रो पनि साउन महिनामा १ करोड २२ लाख ८७ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनी एकै महिना ४ हजार ३६१ वटा बीमालेख बिक्री गरेको हो । यता, स्टर माइक्रोले पनि ५ हजार ४६२ वटा बीमालेख बिक्री गरि साउनमा कुल १ करोड १८ लाख २७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
तीन लघु जीवन बीमा कम्पनीले बेचे साढे दुई लाख बीमालेख, साढे ३ करोडको व्यापार
चालु आवको साउनमा तीन लघु जीवन बीमा कम्पनीले २ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । साउनमा कम्पनीहरुले ३ करोड ६८ लाख ९० हजार रुपैयाँ नयाँ व्यवसाय भित्र्याएका छन् ।
नविकरण मार्फत संकलन बीमा शुलक भने १ लाख ११ हजार रुपैयाँ मात्रै छ । साउन महिनामा कपमनीहरुले कुल २ लाख ४१ हजार ९९७ वटा लघु बीमालेख बिक्री गरेका छन् ।
साउनमा गार्डियन माइक्रो लाइफले १ करोड ८८ लाख ४१ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले साउनमा प्रथम बीमा शुल्क १ करोड ८८ लाख रुपैयाँ संकलन गरेको छ। कम्पनीले २ लाख २७ हजार ४६१ वटा बीमालेख बिक्री बिक्री गरेको छ ।
यस्तै, क्रेष्ट माइक्रो लाइफले १ करोड २९ लाख ८४ हजार, लिवर्टी माइक्रो लाइफले ५१ लाख ७७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । साउनमा यी दुई कम्पनीले क्रमशः ६ हजार ८९३ र ७ हजार ६४३ वटा बीमालेख जारी गरेका छन् ।